शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य घटेर बन्द भयो नेप्से, कारोबार रकम डेढ अर्ब पनि पुगेन

बुधबार, ०१ भदौ २०७९, १५ : २५
बुधबार, ०१ भदौ २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज कारोबार समयदेखि घट्न थालेको नेप्से साढे १२ बजेपछि भने बढ्न थालेको थियो । तर, अन्तिम समयमा ०.३६ अंक घटेर बन्द भएको हो । ०.३६ अंकले घटेसँगै नेप्से परिसूचक २ हजार ४० अंकमा आएर रोकिएको छ ।

यस्तै, आज ०.२८ अंकले बढेर सेन्सेटिभ परिसूचक ३९४ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ३४ लाख ९७ हजार कित्ता सेयर किनबेच भई १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य अंकको गिरावट आउँदा ६ समूहमा गिरावट आएको छ । जीवन बीमा समूह ४५ अंकले घटेको छ भने बैंकिङ समूह ३.७५ अंकले घटेको छ । यस्तै, व्यापार र अन्य समूहमा समान ३/३ अंकको गिरावट आएको छ भने होटल र टुरिजम समूहमा ०.१८ अंक र लगानी समूहमा ०.१३ अंकको गिरावट आएको छ ।

परिसूचकमा सामान्य गिरावट आउँदा आजदेखि कारोबारमा आएको स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले सुधारिएको छ ।

यसका साथै, मन्दाकिनी हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, अपर सोलु हाइड्रोपावर इलेक्ट्रिक लिमिटेड र दोर्दी खोला जलविद्युत आयोजनाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप