शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपको टी–ट्वान्टी वरीयतामा सुधार, दिपेन्द्रको यथावत

बुधबार, ०१ भदौ २०७९, १५ : ३३
बुधबार, ०१ भदौ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टीको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्र सिंह ऐरीको वरीयता यथावत भएको हो ।
कप्तान सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् । त्यस्तै बलिङ तर्फ नै नेपालका अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् । यता दीपेन्द्रसिंह ऐरी ब्याटिङतर्फको वरीयतामा ४२ औं स्थानमा यथावत रहँदा अलराउन्डरतर्फ पनि आठौं स्थानमा यथावत रहेका छन् ।

नेपालबाट ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् । त्यस्तै कुशल भुर्तेल ३९ औं स्थानमा यथावत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप