बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बुधबार, ०१ भदौ २०७९, १६ : ०३
बुधबार, ०१ भदौ २०७९

खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।

३९ वर्षीय बुढाथोकी लाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

निरले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए । उनलाई जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार चलन गरिएको एसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप