शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा विज्ञ थप्ने बाटो खुला

बुधबार, ०१ भदौ २०७९, १६ : ०६
बुधबार, ०१ भदौ २०७९

 लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रका विज्ञ थप गर्न लागिएको छ । यसका लागि मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय भएको सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । उनका अनुसार प्रदेश निर्माण, लगानी सम्मेलन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विज्ञको आवश्यकता परेको छ । 

बैठकले जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरूको सेवा सुविधा निर्धारण गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता शर्माले बताए । 

बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले तयार गरेको हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७९ पनि स्वीकृत गरिएको छ । बैठकले लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को सङ्गठन संरचना र दरबन्दी पनि स्वीकृत गर्ने निर्णय गरिएको छ । यस्तै आइसोलेसन अस्पतालहरूको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद यही भदौ मसान्तसम्म थप्ने निर्णय  भएको उनले बताए । 

 बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप