हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी
बुधबार, ०१ भदौ २०७९, १६ : ५७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड–१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले कोभिड–१९ को महामारी न्युनीकरणका लागि निर्मित एवं निर्माणाधीन होल्डिङ सेन्टर तथा हेल्थ डेक्सहरुको संरक्षण र उचित व्यवस्थापनको लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसीसँग समन्वय गरी संरचनाहरु जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्थापन तथा सञ्चालन हुनेगरी कार्यविधि तर्जुमा गर्ने भएको हो ।
उक्त कार्यविधि स्वीकृतका लागि स्वास्थ्य मन्त्रालयले १ महिना भित्र मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान