शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ८३ लाख नाघ्यो

बुधबार, ०१ भदौ २०७९, १८ : ३३
बुधबार, ०१ भदौ २०७९

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या १ करोड ८३ लाख नाघेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १ करोड ७९ लाख हाराहारी रहेको मोबाइल बैंकिङ सेवाग्राहीहरुको संख्या असार मसान्तसम्ममा ४ लाखले बढेर कुल १ करोड ८३ लाख ७ हजार २५५ पुगेको बैंकले जनाएको हो । 

कारोबारको हिसाबले असार मसान्तसम्ममा मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड रुपैया बराबरको वित्तीय कारोबार भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ बराबर भएको थियो ।

यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवाग्राहीहरुको संख्या १६ लाख ८४ हजार, डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या क्रमशः १ करोड ८ लाख ५६ हजार र २ लाख ३८ हजार, प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या १ लाख ८ हजार पुगेको बैंकले जनाएको छ । भुक्तानीका विभिन्न डिजिटल माध्यमहरुमा वाटेल युजरहरुको संख्या १ करोड ३६ लाख ७५ हजार र कनेक्ट आईपीएस प्रयोगकर्ताहरुको संख्या ८ लाख ९६ हजार पुगेको समेत बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप