बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘माइकल अधिकारी’ को प्रिमिएरमा नेतादेखि कलाकारसम्मको भिड  (तस्बिरहरु)

बुधबार, ०१ भदौ २०७९, १८ : ५२
बुधबार, ०१ भदौ २०७९

फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्रो लागेको बताउँदा केहीले कलाकारको अभिनय उत्कृस्ट रहेको धारणा राखे । रञ्जित रौनियारको निर्देशन ‘माइकल अधिकारी’ उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलले निर्माण गरेका हुन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म सेरोगेसीको कथामा बनको हो । फिल्म शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप