बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन योजना पेस

बुधबार, ०१ भदौ २०७९, १९ : १८
बुधबार, ०१ भदौ २०७९

स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बुधबार बैठक बसेको हो ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका थिए । बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो । राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।

समितिको सदस्यहरूमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचीव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल रहेका छन् । अर्को बैठक आइतवार तीन बजे बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप