बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सारमा रोकिएका गाडी आयात गर्न पाउने

बुधबार, ०१ भदौ २०७९, २० : ०२
बुधबार, ०१ भदौ २०७९

अटोमोबाइल्स व्यवसायीहरुले  भन्सारमा रोकिएका गाडी भित्र्याउन पाउने भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ अघि एलसी खुल्ला भई आयात प्रक्रियामा गइसकेका गाडीहरुलाई आयात गर्न दिने निर्णय गरेको हो ।

योसँगै भन्सारमा रोकिएका करिब ९ सय गाडीहरु भित्रिने भएका छन् । सरकारले अतिरिक्त विलासी वस्तुहरुको तीब्र आयातले व्यापार सन्तुलनमा समस्या पर्नुका साथै विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परेको भन्दै गत वैशाख १३ गते गाडीसहित १० प्रकारका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । थप मौद्रिक नीतिले यस्तो प्रतिबन्ध भदौ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेपछि भन्सारमा आइसकेका गाडीहरु समेत रोकिन पुगेका थिए ।

२०७९ वैशाख १३ गते अघिनै एलसी प्रकृया पूरा भइसकेका तर भन्सारमा आएर रोकिएका गाडीको सम्बन्धमा सरकारले केही नबोल्दा समस्या आएको थियो । सोही अन्योलताका बीच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ ७ गतेदेखि १२ गतेसम्मलाई घोषणा गरिसकेको नाडा अटो शो(२०२२ समेत स्थगित हुनपुगेको छ । यद्यपि, नाडाले समग्र अटो शोको साटो असोजमा ईभी अटो शो गर्ने भएको छ । यता सरकारले भन्सारमा रोकिएका गाडीहरु आयात गर्न दिने पछिल्लो निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरु खुशी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप