हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी, ३ जना पक्राउ

person explore access_timeभदौ १, २०७९ chat_bubble_outline0

हराएको नागरिकतालाई दुरुपयोग गर्दै कम्पनी  दर्ता गरी ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेयको नागरिकता दुरुपयोग गरेर आरोपीहरुले काठमाडौंको ज्ञानेश्वरमा कम्पनी अफिस खडा गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


पक्राउ पर्नेमा भक्तपुरको थिमी घर भएका प्रदिप कर्माचार्य उर्फ सुरेश, मुगु घर भएका २४ वर्षीय विशाल कार्की र मुगुकै खत्याड गाउँपालिका–८ घर भएर अहिले बुढानिलकण्ठ बस्ने २१ वर्षीय रामकृष्ण रावत छन् । 



आरोपीहरुले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७८ मंसिरमा निरज पाण्डेयको नाममा ‘एभरेष्ट लिंक इन्टरनेशनल एजुकेशन प्रालि’ नामको कम्पनी खोलेर निरजकै नाममा बैंक खाता समेत खोलेर ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले रसिया पठाउने प्रलोभन देखाएर ठगी गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले जानकारी दिए । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।