बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरणको सहायक कम्पनीले बनाइरहेका आयोजनाको काम छिटो सक्नुपर्छ– ऊर्जामन्त्री भुसाल

बुधबार, ०१ भदौ २०७९, २० : ५३
बुधबार, ०१ भदौ २०७९

ऊर्जा, जलस्रोत तथा जलस्रोत मन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेका आयोजनाको काम छिटो सक्नुपर्ने बताएकी छन् । उनले प्राधिकरणको नाफा सुधार गरेर देशको आर्थिक स्तर नै सुधार्नका लागि सहायक कम्पनीले बनाइरहेका आयोजना छिटो सक्नुपर्ने बताएकी हुन् ।

उनले आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै भनिन्, ‘सहायक कम्पनीले बनाइरहेको आयोजनाको निर्माण छिटो सकेर जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना अघि बढाउनुपर्छ ।’ यसैगरी, उनले विगतको समयमा प्राधिकरणको घाटा उच्च बिन्दुमा रहेकाले वार्षिकोत्सव समेत मनाउन नसक्ने स्थितीमा रहेको स्मरण गरिन् ।

तर, गत आर्थिक वर्षमा प्राधिकरणको कूल नाफा अहिलेसम्मकै उच्चरूपले बढेर १६ अर्बभन्दा बढी पुगेको छ । प्राधिकरणले देशको लोडसेडिङ हटाएर विद्युत चुहावट नियन्त्रण गर्दा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको ऊर्जामन्त्री भुसालले बताइन् ।

यसैगरी, विद्युत प्राधिकरण सतप्रतिशत सरकारी लगानीमा स्थापना भएको कम्पनी भएकाले यसले जनमुखी निर्णय गर्नुपर्ने समेत बताइन । उनले सोही योजनाअनुसार २० लाखभन्दा कम बिजुली खपत गर्ने सेवाग्राहीलाई विद्युत महसुल छुट दिने निर्णय गरेको जानकारी दिइन् । सो निर्णयबाट २६ लाख सेवाग्राही लाभान्वित भएको र अहिले १८ लाखले यो सुविधा लिइरहेको भुसालको भनाइ छ । यस्तै, भुसालले आगामी २ वर्ष भित्र नेपाललाई पूर्णरूपमा विद्युतीकरण गरिसक्ने योजना सरकारको रहेको समेत बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप