शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा जिप दुर्घटना अपडेट  : १५ घाइते, एकको अवस्था गम्भीर

बुधबार, ०१ भदौ २०७९, २१ : २७
बुधबार, ०१ भदौ २०७९

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेंसीशहरबाट घनपोखरा भाचेतर्फ जाँदै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मर्स्याङ्दी गाउँपालिका २  की  ५३ वर्षीय ईन्द्र देवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

घाइते हुनेहरुमा मर्स्याङ्दी २ का ५२ वर्षीय   चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का २३ वर्षीय मिलन विक, २५ वर्षीय करिना सुनार, वर्ष २ का रिजन विक, वर्ष २५ का सोमनाथ विक छन् । यस्तै मर्स्याङ्दी २ का  ५६ वर्षीय सुन माया गुरुङ,  वर्ष १९ का रेखा  विक, ३१ वर्षीय बुद्धी बहादुर गुरुङ, ७ वर्षीय राजिप गुरुङ, ३४ वर्षीय शिव कुमारी गुरुङ,  २ वर्षीय रियन्स गुरुङ, ३० वर्षीय    मनु विक, वर्ष  ४ की कृतीका विक र  ३१ वर्षीय  शेष बहादुर गुरुङ रहेका छन् । घाइतेको अवस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

घाइते १५ जनाको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए ।  जिप चालक मर्स्याङ्दी गाउँपालिका २ बस्ने  ३६ वर्षीय जय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप