बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खसी बजार १५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

बिहीबार, ०२ भदौ २०७९, ०८ : १६
बिहीबार, ०२ भदौ २०७९

काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । आज एक  सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो । 

खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले बताएको छ । 

खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ ।  निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप