मनाङमा १ वर्षमा थपिए ४९ वटा नयाँ उद्योग
हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।
मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावार उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावार उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा ५२ उद्योग नवीकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको पूँजी वृद्धि, तीन वटाको नाम परिवर्तन र दुई उद्योगको लगत कट्टा गरिएको कार्यलय प्रमुख पौडेलले बताए ।
यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नवीकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशिलता विकास तालिम र ६७ जनालाई सीपविकास तालिम दिएको छ ।
कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निमार्ण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा