शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको छः प्रचण्ड

बिहीबार, ०२ भदौ २०७९, ०९ : ११
बिहीबार, ०२ भदौ २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र स्थापनाको लागि वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने काम सुरु भएको बताएका छन् । 

रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी धारलाई पनि एकीकृत गर्ने काम सुरु भएको बताए । डा बाबुराम भट्टराईले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने निर्णय गरेको प्रसंग कोट्याउँदै प्रचण्डले ढिलो चाँडो अन्य नेताहरु पनि मुल प्रवाहमा समावेस हुने विश्वास व्यक्त गरे । 

नेकपा (एकीकृत समाजवादी)ले माओवादीसँग एकता गर्न कार्यदल बनाउने निर्णय गर्नुलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै प्रचण्डले ढिलोचाँडो समाजवादी केन्द्र निर्माण हुने निश्चित भएको बताए । 

क्रान्तिको बाटो वाङ्गोटिङ्गो हुने भन्दै उनले पुनः एकपटक निरन्तरतामा क्रम भङ्ग गर्ने प्रक्रिया सुरु बताए । पुरानो रुपमा अघि बढेर राष्ट्रको आवश्यकता पूरा हुन नसक्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप