शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीको स्थायी कमिटी बैठक स्थगित

बिहीबार, ०२ भदौ २०७९, ०९ : ३८
बिहीबार, ०२ भदौ २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो । 

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको कार्यालय स्रोतले जानकारी दियो । 

यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप