बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घट्यो सुनचाँदीको मूल्य

बिहीबार, ०२ भदौ २०७९, ११ : ०३
बिहीबार, ०२ भदौ २०७९

आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य ९५ हजार ७०० रुपैयाँ थियो ।

हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको थियो । मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० र तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १ हजार १९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप