शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्प, श्रद्धा र बुद्धिले नचाए चितवनवासी

बिहीबार, ०२ भदौ २०७९, ११ : ०७
बिहीबार, ०२ भदौ २०७९

कृष्ण जन्माष्टमी अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ ले चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सीजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रविन्द्र झा,निर्देशक दीपक ओली, गायक रबि ओड, गायिका सुनिता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए । 

कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगा उन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो । हजारौं दर्शकले पुष्प, श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए ।

ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । 

त्यसैगरी बुद्धि तामाङ र रवीन्द्र झाले दर्शकहरुलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए । गायक रबि र गायिका सुनिताले ‘अटल बाचा गरें’ गाउँदा दर्शकहरु निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए । 

चितवनबासी दर्शक श्रोताबाट पाएको माया ,सम्मान र हौसलाले आफूहरुलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए । उनले आफू जहिल्यै चितवन आउदा पनि औधी माया पाइरहेको स्मरण गरे । 

निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसावले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपूर माया र साथको अपेक्षा राखेको बताइन् । साँझ पाँच बजे सुरु भएको कन्सर्टमा ‘कृष्ण लीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्म चलेको थियो । 

द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकीवा वाइन, सीजी ल्याण्डमार्क, फोकस इन्गेज्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिट लगायत थिए । 

आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रवीन्द्रका साथमा हिउँवाला गौतम, भावना गुरुङ,नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँले अभिनय गरेका छन् ।

प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह निर्माता रहेको फिल्मका गीतमा रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप