शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपर तामाकोसीले एक बराबर एक हकप्रद सेयर निष्कासन गर्ने

बिहीबार, ०२ भदौ २०७९, ११ : ३३
बिहीबार, ०२ भदौ २०७९

अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारणसभा बस्ने भएको छ ।  १ः १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।

१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्ने प्रस्ताव पनि छ । साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थालगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप