बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विपद् प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने

बिहीबार, ०२ भदौ २०७९, ११ : ३८
बिहीबार, ०२ भदौ २०७९

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ ।  इ–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताएका छन् । 

इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ ।  विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चारवटा सत्र राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीनवटा सत्र राखिएका छन् । 

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा.भट्टराईले आगामी दिनमा यसलाई थप परिष्कृत गर्दै लैजाने प्राधिकरणको उद्धेश्य रहेको बताए ।  विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरुका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा.भट्टराईको भनाई छ । 

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रुपमा पहुँच पुर्याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको विश्वास छ ।  इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरु वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप