मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक पारित गर्न बोलाइएको संसद् बैठक जारी

बिहीबार, ०२ भदौ २०७९, ११ : ५८
बिहीबार, ०२ भदौ २०७९

संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । 

संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । 

संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप