अमेरिकी सेना नेपाल आएकोप्रति संसदमा सरकारको ध्यानाकर्षण
सांसद चाँदतारा कुमारीले नेपाली सेनासँग अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि आएको भन्दै कतै नेपाल आइपिएसको अंग बनेको त हैन भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपाली सेनासँग संयूक्त सैन्य अभ्यासका लागि सोमबार क्याप्टेन भ्लेक डुकारेकको नेतृत्वमा १६ सदस्यीय टोली नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न आएको बताइन् । रेन्जर गणका नेपाली सेनाका ८० जनाले संयुक्त रुपमा अभ्यास गर्ने बताउँदै यो अभ्यास २०६० सालदेखि चल्दै आएको बताइन् ।
उनले अमेरिकासँग नेपालले एसपीपी सम्झौता नगर्ने भनिएको र गत साता प्रधानसेनापति अमेरिका भ्रमण गएको उल्लेख गर्दै नेपाल कहीँ आइपिएसको अंग बन्न लागेको त हैन भन्दै प्रश्न गरिन् । उनले विश्व नै विभिन्न ध्रुवमा ध्रुवीकृत हुन लागेकोले शंका उब्जिएको बताउँदै सो विषयमा सरकारको ध्यानाकषर्ण गराउँदै सतर्क रहन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात, विराटनगर किङ्सको लगातार दोस्रो हार
-
जे एण्ड जे हेल्थ एकेडेमीले मनायो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
-
प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
-
उपनिर्वाचनको नतिजाप्रति कांग्रेस : एक्लै लडेर पाएको जितले उत्साह थप्यो
-
कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै
-
साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात