शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

बिहीबार, ०२ भदौ २०७९, १२ : ४६
बिहीबार, ०२ भदौ २०७९

बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । 

जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । 

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप