शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैशाख यता १४ सांसदले मागे बिदा : अमेरिकामा स्वास्थ्य उपचारदेखि नेपाल बाहिर व्यापारसम्म

बिहीबार, ०२ भदौ २०७९, १२ : ५५
बिहीबार, ०२ भदौ २०७९

यो वर्ष सुरु भएको ४ महिनामा १४ सांसदले विभिन्न कारण देखाउँदै विदा लिएका छन् । यसरी बिदा माग्ने सांसदहरुले अमेरिकामा स्वास्थ्य उपचार, अमेरिका भ्रमण, स्वास्थ्य उपचार लगायतका कारण देखाँउदै बिदा लिएका हुन् । 

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकले उनीहरुको बिदा स्वीकृत गरेको छ । सांसद रघुवीर महासेठ र जुली महतोले अमेरिकामा स्वास्थ्य उपचारका लागि विदा लिएका थिए भने सांसद कुमारी तुलसी थापाले अमेरिका भ्रमणका लागि बिदा लिएकी थिइन् । यस्तै सांसद विनोद चौधरीले व्यापारको लागि बिदा लिएका थिए । 

यी हुन् बिदा लिने सांसदहरु :
भीमसेनदास प्रधान २०७९ जेठ ३ गतेदेखि जेठ २१ सम्म छोरीको ग्रयाजुएसनमा भाग लिन अमेरिका 
प्रदीप गिरी गत जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म स्वास्थ्य उपचारका लागि भारत 
कुमारी तुलसी थापा जेठ ८ गतेदेखि जेठ २२ गतेसम्म अमेरिका भ्रमण 
गंगा चौधरी सत्गौवा जेठ ३ गतेदेखि जेठ १५ गतेसम्म स्वास्थ्य उपचारका लागि भारत 
धर्मशीला चापागाई जेठ १२ गतेदेखि असार २ गतेसम्म घरायसी काम 
रघुवीर महासेठ जेठ २५ गतेदेखि असार १२ सम्म श्रीमतीको स्वास्थ्य उपचारका लागि अमेरिका 
जुली कुमारी महतो जेठ २५ गतेदेखि असार १२ सम्म स्वास्थ्य उपचारका लागि अमेरिका 
शान्ता चौधरी जेठ २६ देखि असार १० सम्म कार्यक्रममा सहभागी हुन अमेरिका 
कर्मा घले जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म स्वास्थ्य उपचारका लागि भारत 
सुरेशचन्द्र दास जेठ ३ गतेदेखि जेठ १७ सम्म अस्वस्थ
शिवकुमार मण्डल जेठ ११ देखि असार ५ सम्म अस्वस्थ 
निर्जला राउत, असार १ देखि असार ३१ सम्म अस्वस्थ 
नवराज रावत साउन ३ देखि भदौ २२ गतेसम्म निजी कामका लागि अमेरिका 
विनोद कुमार चौधरी साउन १५ देखि ३ हप्ता व्यवसायिक कामका लागि नेपाल बाहिर 
नागेन्द्र कुमार जेठ ३ गतेदेखि जेठ ३१ सम्म बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप