शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबु पत्ता नलागेका सन्तानलाई नागरिकता दिन भएपनि विधेयक पास गर्नैपर्छ : यशोदा गुरुङ

बिहीबार, ०२ भदौ २०७९, १३ : २९
बिहीबार, ०२ भदौ २०७९

माओवादी केन्द्रकी सांसद यशोदा गुरुङले नागरिकता विधेयक पास गर्नैपर्ने अवस्था रहेको बताइन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको नेपाल नागरिकता विधेयक पहिलो संशोधनमाथि आफ्नो धारणा राख्दै उनले अहिले प्रस्तुत गरेको विधेयक फिर्ता लिने हो भने नागरिकता ऐन २०६३ क्रियाशील हुने बताइन् । 

यो विधेयक धेरै प्रगतिशील रहेको बताउँदै उनले अहिलेको विधेयक संविधान सम्मत रहेको बताउँदै नागरिकता ऐन २०६३ लाई क्रियाशील हुनबाट रोक्नका लागि सो विधेयक पास गर्न पर्ने बताइन् ।

उनले भनिन्– ‘यदि यो विधेयक पास हुन सकेन भने नेपाली आमाका सन्तान जसको बाबुको पहिचान हुन सकेको छैन या बाबुले अस्वीकार गरेको छ, यस्ता खालका नागरिकहरुले नागरिकता नपाउने स्थिति हुन्छ, नेपाली आमाका सन्तानलाई नागरिकता दिनका लागि यो विधेयक यहाँबाट पास गर्नुपर्छ ।’

उनले नेपालमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका सन्तानले अहिलेसम्म नागरिकता नपाएर बिचल्ली परेको अवस्थामा रहेको उल्लेख गर्दै उनीहरुलाई नागरिकता दिनका लागि पनि सो विधेयक पास गर्नैपर्ने अवस्थामा रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप