मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजु श्रीवास्तवको स्वास्थ्य अवस्था पुनः गम्भीर

बिहीबार, ०२ भदौ २०७९, १३ : ५४
बिहीबार, ०२ भदौ २०७९

हास्यकलाकार राजु श्रीवास्तवको स्थिति एकपटक पुनः नाजुक भएको छ । बुधबार अबेर रातीदेखि उनलाई पटक–पटक हृदयघात भइरहेको छ । डाक्टरले उनको टाउकाको सिटी स्क्यान गराउँदा दिमागको एउटा हिस्सा सुन्निएको भेटे । उनका दाइ सिपी श्रीवास्तवले भने, ‘दिमाग सुन्निएका कारण पानी पाइएको छ । डाक्टरले स्थिति चिन्ताजनक बताएका छन् ।’ परिवारका सदस्य र थुप्रै आफन्त दिल्लीको एम्स अस्पताल पुगेका छन् ।

१० अगस्ट २०२२ मा राजु श्रीवास्तवलाई हृदयघात भएको थियो । त्यसपछि दिल्ली एम्समा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ । तर उनी अहिलेसम्म होशमा आएका छैनन् । ४ दिन अघि कैलाश खेरले राजुलाई २१ सन्तमार्फत् मृत्युञ्जय जप गराउन भनिएको थियो । परिवार अब धार्मिक आस्थामार्फत राजुको राम्रो स्वास्थ्यका लागि प्रयास गरिरहेका छन् ।

बुधबार बेलुकासम्म स्वास्थ्यमा सुधार देखिएको थियो

सिपी श्रीवास्तवका अनुसार राजुलाई पछिल्लो चार दिनदेखि ज्वरो आइरहेको थियो । बुधबार बेलुका उनको स्वास्थ्यमा सुधार देखिएको थियो । राजुको आँखाको नानी र घाँटीमा केही क्रियाकलाप देखिन थालेको थियो । आँखाको नानीको हलचललाई डाक्टरले राम्रो मानिरहेका थिए । राजुलाई आइतबारसम्म २० प्रतिशत अक्सिजन सपोर्टमा राखिएको थियो । मंगलबार यसलाई १० प्रतिशत कम गरिएको थियो । अर्थात्, उनको शरीरलाई १० प्रतिशत अक्सिजन सपोर्ट मात्रै आवश्यकता परिरहेको थियो । डाक्टरले उनलाई एक दुई दिनमा भेन्टिलेटरबाट हटाइने जानकारी दिएका थिए । उनलाई नलीमार्फत् दुध दिइएको थियो तर एकपटक स्थिति बिग्रिएपछि परिवारमा चिन्ताको माहौल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप