बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

बिहीबार, ०२ भदौ २०७९, १४ : ०२
बिहीबार, ०२ भदौ २०७९

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए । 

नेपालमा ८ वटा उत्तर कोरियाली कम्पनीले लगानी गरेका छन् । अस्पताल, होटल, रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा लगानी गरेका छन् । लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञामा समस्या परेको भन्दै त्यसका लागि सहजीकरण गरिदिन राजदूत मेनले आग्रह गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप