मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई जिल्लामा सवारी दुर्घटना : ७ जनाको मृत्यु

बिहीबार, ०२ भदौ २०७९, १४ : ४५
बिहीबार, ०२ भदौ २०७९

दार्चुला र सुनसरीमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार से.१ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ कफलसेरी गाउँपालिका–६ बस्ने ५५ वर्षीया चन्का देवी बोहरा सहित छन् । मृत्यु हुनेहरूमा ४ जना पुरुष र एक जना महिला रहेका छन् । 

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।  सुनसरीको धरान उपमहानगरपालिका–८ कोशीस्थित सडकमा को.२ च १६६७ नम्बरको पिकअप र प्रदेश–१–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

बुधबार साँझ भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सुरज दाहाल छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सुनसरी, दुहबी नगरपालिका–२ स्थित सडकमा स.४ प ११८९ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालकको हाल पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी जिवन ज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप