बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा २७ अंकको वृद्धि, २ अर्ब ५ करोडको कारोबार

बिहीबार, ०२ भदौ २०७९, १६ : ०५
बिहीबार, ०२ भदौ २०७९

बिहीबार नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.५६ अंकले वृद्धि हुँदै २०६८.२६ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक सामान्य अंकले घटेको थियो ।
नेप्सेका अनुसार २७ अंकले बढेको बजारमा आज २ अर्ब ५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

१३ वटा उपसूचकहरु मध्ये आज सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.१७ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.०१ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक २.९२ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.३२ प्रतिशतले बढेको छ । 

यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक १.४५ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.०५ प्रतिशतले बढेको छ । आज मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने दर्जन हाराहारीका कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत माथिको वृद्धि भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप