गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड नआउन स्वास्थ्यमन्त्रीको आह्वान
थाइल्याण्डका स्वास्थ्यमन्त्रीले गाँजा खानमात्र आउने पर्यटकहरूलाई आफ्नो देशको भ्रमणमा नआउन आह्वान गरेका छन् । दुई महिनाअघि थाइल्याण्डमा गाँजाको प्रयोगलाई अपराध नमान्ने कानुन आएपछि धेरै पर्यटकहरु गाँजा सेवनकै लागि जाने गरेको पाइएको छ । ‘हामी त्यस्ता पर्यटकलाई स्वागत गर्दैनौँ,’ अनुतिन चर्नभिराकुलले बुधबार पत्रकारहरुसँगको कुराकानीमा भने ।
सन् २०१८ मा थाइल्याण्डले चिकित्सकीय प्रयोगको लागि गाँजाको प्रयोगलाई वैध बनाएको थियो । थाइल्याण्ड कुनै पनि उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैध बनाउने पहिलो दक्षिणपूर्वी एशियाली मुलुक थियो ।
यो वर्ष जुनमा भने कुनै पनि प्रयोजनको लागि गाँजा सेवन गर्दा कारबाही नहुने कानुन पास गर्यो ।
सरकारले गाँजाको सेवनलाई वैध बनाएको भएपनि उच्च प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद गाँजा सेवन लोकप्रिय बनेको छ । रेष्टुराहरुमा गाँजा सेवनको लागि अलग कोठाको व्यवस्था गर्न थालिएको छ ।
गाँजाको प्रयोग वैध भएको भए पनि सार्वजनिक स्थानमा सेवन गर्नेहरुलाई तीन महिनाको जेल सजाय वा झण्डै ७०५ अमेरिकी डलर जरिवाना तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै