बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युवा उद्यमशीलता शिखर सम्मेलनमा राष्ट्रिय बाणिज्य बैंकको साथ

बिहीबार, ०२ भदौ २०७९, १६ : ४६
बिहीबार, ०२ भदौ २०७९

सरकार र निजी क्षेत्रको साझेदारीमा भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहीवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   

“आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप