सांसद बिशंखेको आरोप : राष्ट्रपतिले विवेक प्रयोग गर्न सक्नुभएन
नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति र सांसदहरुलाई पनि विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन् ।
नागरिकतामा राजनीति गर्नु नहुने भन्दै उनले सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताइन् । नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने भन्दै नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताइन् ।
‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ । यो वहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने ? यो वहस पनि छैन’, सांसद विशुंखेले भनिन्, ‘छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चाहेपनि नागरिकता दिन सक्नुपर्छ ।’
थर फेर्न र नाम फेर्न चाहनेलाई पनि नागरिकता दिनुपर्ने भन्दै एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? भनेर प्रश्न गरिन् । ‘विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहुन्छ ? ठूला वहस गर्नेलाई मेरो चुनौती छ । इभन सम्मानित राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के कुरा गर्ने’, उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी