शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाले मौका दिएको छ, प्रमाणित गर्छु : हुमागाईं

बिहीबार, ०२ भदौ २०७९, १९ : ४१
बिहीबार, ०२ भदौ २०७९

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई मौका दिएको र त्यसलाई प्रमाणित गरेर देखाउने बताएका छन् । हुमागाईंलाई एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उक्त जिम्मेवारीलाई आफूले प्रमाणित गरेर देखाउने हुमागाईले बताए । बिहीबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुलका अमेरिकी प्रशिक्षक हुमागाईँले एन्फाले आफूलाई विश्वास गरेकोमा खुसी भएको बताए । ‘मलाई एन्फाले विश्वास गरेर प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसलाई मैले पूरा गर्छ । एन्फाले मलाई विश्वास गरेर जिम्मेवारी दिएको छ । म यसलाई प्रमाणित गरेर देखाउने छु,’ हुमागाईले भने । 

प्रशिक्षक हुमागाईले बंगलादेशसँगको खेलमा जितमा लागि प्रस्तुत हुने बताए । यो एउटा मैत्रीपूर्ण खेल मात्र नभएकाले यसमा नेपालको घरेलु मैदान घरेलु दर्शकको इमोसन जोडिएको बताए । उनले नेपाली फुटबल आफूले सानै देखि फलो गर्ने भएकाले पनि आफ्नो लागि यो अवसर निकै महत्वपूर्ण भएको बताए । ‘नेपाली फुटबलको नजिक छु म । बंगलादेशविरुद्धको खेल जितका लागि हुनेछ । हामी त्यसैका लागि खेल्नेछौं । नेपाली फुटबललाई सानै देखि फलो गर्ने म । यो खेललाई विषेश रुपमा लिएको छु,’ उनले भने ।

एएफसी ‘ए’ लाइसेन्स भएका हुमागाईले पहिलो पटक राष्ट्रिय टोली सम्हालेका हुमागाईले आफूलाई कुनै पनि दवाव नभएको बताए । उनी एनएसएल टोली झापा एफसीका पनि मुख्य प्रशिक्षक हुन् । अघिल्लो सिजन एनएसएल टोली ललितपुरमा प्रशिक्षकको भूमिकामा रहेका हुमागाईं कमजोर नतिजाका कारण आलोचनामा आएका थिए । 

आजनै एन्फाका प्रवक्ता सुरेश साहले आफ्नो कार्यकालको विषयमा पत्रकारहरुसँग छलफल गरेका थिए । उनले मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको विषयमा एन्फाले गम्भिर रुपमा हेरेको बताए । प्रतिवेदनलाई गहिरो रुपमा एन्फाले हेरिरहेको हुनाले एन्फा प्रवक्ता किरण राईलाई दिएको जिम्मेवारी चाडै अन्तिम रुपमा गुग्ने बताए । ‘अहिले एन्फामा मुख्य प्रशिक्षकको जिम्मेवारीको विषय प्रमुख रुपमा रहेको छ । त्यसलाई एन्फा महासचिवले जिम्मेवारी लिनु भएको छ । यो विषय चाडै टुङ्गो लाग्छ,’ उनले भने । नेपाली राष्ट्रिय टोलीले आगामि असोज ११ गते काठमाडौंस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप