शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टन टोली आज भारत जाने

शुक्रबार, ०३ भदौ २०७९, ०६ : ४९
शुक्रबार, ०३ भदौ २०७९

भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ । 

नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् । प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन् । प्रतियोगिता अगष्ट २३ देखि २७ तारिखसम्म हुनेछ ।

यहि टोली पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने इन्डिया जुनियर ग्राँ पिमा सहभागी हुनेछ । दुवै प्रतियोगितामा नेपालले पुरुष÷महिला सिंगल्स÷डबल्स र मिक्स डबल्मा गरी ५ स्पर्धामा सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जनाएका छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप