बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक सकियो

शुक्रबार, ०३ भदौ २०७९, ११ : १२
शुक्रबार, ०३ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीलाई अन्तिम रुप दिने  विषयमा छलफल भएको थियो । 

बैठक शनिबार १ बजे पुनः बस्नेगरी सकिएको एक नेताले बताए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउनेछ । 

बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप