शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिमोन नापोलीमा अनुबन्ध

शुक्रबार, ०३ भदौ २०७९, ११ : १८
शुक्रबार, ०३ भदौ २०७९

अर्जेन्टिनी फरवार्ड जियो सिमोनलाई इटालियन क्लब नापोलीले अनुबन्ध गरेको छ । २७ वर्षीय स्ट्राइकरलाई नापोलीले हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो । नापोलीले सिमोनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । सिमोन काग्लियारीबाट भेरोना आएका थिए । सिमोनले अर्जेन्टिनाको लागि ८ खेल खेलेका छन् ।

यो सिजन उपाधि जित्ने योजनामा रहेको नापोलीले उनलाई अनुबन्ध गरेको हो । नापोलीले सिजनमा पहिलो खेलमा सहज जित निकालेको थियो । नापोलीले दोस्रो स्थानमा रहँदै गत सिजन अन्त्य गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप