बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन असफल

शुक्रबार, ०३ भदौ २०७९, २२ : ५२
शुक्रबार, ०३ भदौ २०७९

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो । 

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ। 

आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताए । उनले शनिबारको बैठकले पदाधिकारी चयन गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप