बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वात्तै बढ्यो डेंगु, नाघ्यो ११ सय केस

शुक्रबार, ०३ भदौ २०७९, ११ : ५४
शुक्रबार, ०३ भदौ २०७९

डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण दाहालले गएको वर्षभन्दा यस वर्ष डेंगुको बिरामी बढेको बताए ।

गत वर्ष ०७८÷०७९ मा  ५३० केस पुष्टि भएको भएको थियो । यस वर्ष भदौ पहिलो सातामै ११ सय भन्दा बढी डेंगुका केस भेटिएको छ । डा दाहालका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामीको रिपोर्टिङ हुने भएकाले बिरामी बढ्न सक्छन् । बाग्मती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंंगुका केस पुष्टि भएको छ । रुपन्देही, बर्दिया, धादिङ, सङ्खुवासभा लगायतका दश जिल्लामा ३० वटाभन्दा धेरै केस देखिएको जिल्ला १० वटा रहेका छन् ।

०७६ मा डेंगुले प्रकोपको रुप लिँदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो भने १६ हजार जना अस्पताल भर्ना भएका थिए ।    डेंगु ६० भन्दा धेरै जिल्लामा देखिएको छ । यो रोग तराई, पहाड, हिमाल सबै जिल्लामा पुष्टि भएको इडिसिडिले जनाएको छ । डा. दाहालका अनुसार किट्जन्य रोग पहिले तराईमा मात्रै देखिन्थ्यो । तर वातावरणीय प्रभावका कारण तराईमा देखिने किट्जन्य रोग पहाडी, हिमाली जिल्लामा पनि देखिन थालेका छन् । किराहरु आफ्ना आनीबानी परिवर्तन गरी हिमाल, पहाडका जिल्ला सर्न थालेका छन् ।

डेंगुसँग जुध्नका लागि के गरिँदैछ ?

सहरी तथा घना बस्तीमा डेंगुु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्’ प्रजातिका लामखुट्टेहरुको टोकाइबाट सर्छ । त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । एडिस प्रजातिका लामखुट्टे सफा पानीमा बस्न रुचाउने भएकाले विशेष गरी  सहरी क्षेत्रका कर्पोरेट हाउस, ठूला होटलमा राखिने फुलदानीमा डेंगु हुने लामखुट्टे बस्ने हुँदा सावधानी अपनाउन डा.दाहालको आग्रह छ  ।

यस्तै, दैनिक प्रयोगका लागि खुल्ला रुपमा राखिएको पानी जस्तै नुहाउन, भाँडा माझ्न आदिका लागि जम्मा गरेर राखिएको पानीमा यो लामखुट्टे बस्ने गर्छ । त्यसैले भाँडामा राखिएका सफा पानी परिवर्तन गरिरहन उनको आग्रह छ ।

डेंगुको केस देखिएका क्षेत्र अन्तर्गतका प्रदेश र स्थानीय तहसँग समन्वय गरेर जनचेतनामुलक कार्यक्रम भइररहेको डा दाहालले बताए । यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले होटल एसोसिएसनलाई छलफलमा बोलाएर डेंगु सार्ने लामखट्टे बढ्न नदिनका लागि सजगता अपनाउने विषयमा छलफल गरिएको पनि डा. दाहालले बताए ।

यस्तै, इडिसिडिले सात प्रदेशमध्ये एक प्रदेशमा डेंगु सार्ने लामखुट्टेको लार्भाबारे अध्ययन गर्ने तयारी गरेको छ ।

 डेंगु भएमा अचानक पेट दुख्ने, तारन्तार बान्ता हुने, आलस्य हुने, अचानक रक्तश्राव हुने, गिंजा, नाक आदिबाट रगत बन्ने, कजेलो सुनिने र प्रयोगशालामा परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटाकृत उकालो लाग्ने गरेको हुन्छ ।

डा. दाहालका अनुहार डेंगुका केस अस्पतालमा उपचार गराउन आएकाहरुबाट रिर्पोटिङ भएको केस हुन् । डेंगु भएका सबैलाई लक्षण नदेखिने भएकाले सावधानी अपनाउन अति आवश्यक भएको उनको भनाइ छ ।

डेंगु रोगका लक्षणः

एक्कासी ज्वरो आउने,

टाउको, मांसपेशी तथा जोर्नी दुख्ने

थकान महसुन हुने

वाकवाकी लाग्ने वा बान्ता हुने

आफ्नो दैनिकी, खानपानमा रुचि नलाग्ने

लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रण गर्ने उपाय

 –पुरा बाहुला भएका लुगा लगाउने

झुलभित्र मात्र सुत्ने

घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने

पानी जम्मा गर्ने भाँडा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप