शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अल्मुताइरीले पठाएको जवाफ एन्फाले तत्काल सार्वजनिक नगर्ने

शुक्रबार, ०३ भदौ २०७९, १२ : ३३
शुक्रबार, ०३ भदौ २०७९

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ ।

मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो । एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।

‘एन्फालाई प्रशिक्षक अल्मुताइरीले जवाफ पठाइ सक्नु भएको छ । तर, पत्रमा के छ भन्ने उल्लेख गर्न मिल्दैन,’ राईले रातोपाटीसँगको कुराकानीमा भने । एसियन कप क्वालिफायर्स अन्तर्गत राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई बाहिरिन बाध्य बनाएको भन्दै अल्मुताइरी विवादमा तानिएका थिए ।

त्यसपछि विवाद छानविन समितिले अल्मुताइरीलाई दोषी ठहराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप