यूएईमा कार्यरत सीताराम गुरुङको मृत्यु

person explore access_timeभदौ ३, २०७९ chat_bubble_outline0

गोरखा भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको छ। दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।


विगत साढे २ वर्षदेखि रोजगारीको शिलशिलामा  यूएईको शारहजास्थित नेष्टो कम्पनीमा काम गर्दै आएका गुरुङ डिउटी जाने क्रममा आकस्मिक ढलेपछि शारहजाको कुवेती अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनको टाउकोमा रगत जमेको (ब्रेन हुम्ब्रेज) कारण उपचार कठिन भएको बताएका थिए।



यता, नेपाली दूतावास आवुधावीले मृतक गुरुङको शव आवश्यक कानुनी प्रकृया पुरा गरी तत्काल नेपाल पठाउन लागेको दूतावसका द्धितिय सचिव भुवन ओझाले जानकारी दिए। मृतकका श्रीमती सहित ५ वर्षीय छोरा काठमाडौंमा बस्दै आएका छन्।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।