वन कार्यालयभित्रै मृत्यु प्रकरण : सहायक वन अधिकृतसहित चार जनाविरुद्ध किटानी जाहेरी
डिभिजन वन कार्यालय सुर्खेतको कार्यालयभित्र बिहीबार वीरेन्द्रनगर नगरपालिका–१३ का ५८ वर्षीय धनीराम लामिछाने मृत भेटिएको घटनालाई लिएर सहायक वनअधिकृतसहित चार जनाविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका छन् ।
शुक्रबार मृतकका आफन्तले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । लेकबेशी नगरपालिका–१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वन मुद्दामा पक्राउ परेका उनी बिहीबार दिउँसो मृत भेटिएपछि आफन्तले आन्दोलन गरिरहेका छन् । लामिछाने दम्पतीलाई मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले पक्राउ गरेका थिए । कर्मचारीको कुटपिटका कारण नै लामिछानेको मृत्यु भएको आफन्तको आरोप छ ।
मृतक लामिछानेका भाइ रामप्रसाद लामिछानेले वनका कर्मचारीको कुटपिटबाट मृत्यु भएपछि आत्महत्या देखाउन डोरीले झुण्ड्याइएको दाबी गरेका छन् । यता डिभिजन वन कार्यालयले भने उक्त भनाइमा सत्यता नभएको बताएको छ । कार्यालयका प्रमुख मुनबहादुर रावतले लामिछानेलाई स्थानीय जनप्रनिधि र आफन्तको जमानीमा छोड्ने कुरा भएको तर, उनी झुण्डिएको अबस्थामा फेला परेको बताए । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्की आफू आन्दोलनमै बीचमा रहेको चार जनाको विरुद्धमा किटानी जाहेरी परेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !