लागु औषधसहित निजगढका २ जना पक्राउ
बाराको बाराको निजगढ नगरपालिका–८ बाट २ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बाराको निजगढ लागुऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागुऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर