शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा युवायुवती मृत फेला

शुक्रबार, ०३ भदौ २०७९, १७ : ४४
शुक्रबार, ०३ भदौ २०७९

एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

उनीहरू दुवैजना चिउरीको रुखको एकै हाँगोमा झुन्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ । मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप