शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने

शुक्रबार, ०३ भदौ २०७९, १७ : ४९
शुक्रबार, ०३ भदौ २०७९

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३ औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते  काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

एनफपिजेका पूर्व अध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार  तथा वाइड लाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्व अध्यक्षद्वयले शुभकामना मन्तवय व्यक्त गर्नाका साथै नेपालमा फोटो पत्रकारितामा भोग्नुपरेका समस्याबारे चर्चा गरेका थिए ।  

उक्त दिवसका अवसरमा समूहका महासचिव नवराज श्रेष्ठले नयाँ तथा पुराना फोटो पत्रकारलाई १६ विधामा अवार्ड प्रदान गरिने जानकारी गराए । विशेष समारोहमा संस्थापक सदस्यलगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गरिने  कार्यक्रम रहेको उनले बताए ।

उक्त अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको जनाइएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु ५० हजार प्रदान गरिनाका साथै दैनिक जीवन, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन,  खेलकुद,  स्वतन्त्र फोटोसँग सम्बन्धित अवार्ड रहेका छन् ।

यसैगरी सातवटै प्रदेशबाट एक÷एक उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड प्रदान तथा सम्मान गरिने कार्यक्रम रहेको समूहले जनाएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका पूर्व अध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकलगायत बढीमा पाँच जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप