बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रामदेव तेलद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक

शुक्रबार, ०३ भदौ २०७९, १८ : ०९
शुक्रबार, ०३ भदौ २०७९

गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो । 

जस अनुसार फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । यस्तै प्रत्येक बिहीबार विजेताको घोषण फेसबुक मार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिनेछ । लक्की ड्र मार्फत विजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ  । 

गणपति वनस्पतिद्वारा उत्पादित रामदेव तोरीको तेल,सूर्यमुखी तेल र भटमासको तेल काठमाडौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरूबाट खरिद गर्न सकिन्छ कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप