शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा बैठक- मंसिर ४ को निर्वाचनमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन

शुक्रबार, ०३ भदौ २०७९, २१ : ४३
शुक्रबार, ०३ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठकले आगामी संघीय तथा प्रदेशको चुनावमा केन्द्रीत हुन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार सम्पन्न बैठकले सो निर्देशन दिएको हो ।

 बालकुमारीस्थित एक पार्टी प्यालेसमा भदौ १ गतेदेखि सुरु भएको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्ताव सर्वसम्मतिले पास गरिएको छ । बैठकमा सातवटा विभागीय प्रमुख तथा अन्य सदस्यहरुको नाम सर्वसम्मतिले पास हुनुका साथै सातवटै प्रदेशका इन्चार्ज तथा सह इन्चार्जको नाममा सहमति जुटेको छ ।

बैठकमा उम्मेदवार छनोटको प्रकृया तथा मापदण्ड पनि सर्वसम्मतिले पास भएको छ भने विभिन्न संगठनात्मक प्रस्ताव पनि पास भएको छ । बैठकमा लुम्बिनी प्रदेशका इन्चार्ज इस्तियाक राइको बारेमा भने प्रश्न उठेको बताइएको छ । उनीमाथि सुरुमा डा.बाबुराम भट्टराईलाई साथ दिएको र मन्त्री बन्ने अवसर आएपछि पार्टीमै बसेको आरोप लागेको थियो । कतिपय नेताहरुले इस्तियाकले पटक पटक पार्टी फुटाउने प्रयास गरेको आरोप समेत लगाएका थिए ।

इस्तियाक राईमाथि उठेको प्रश्नलाई पार्टी अध्यक्ष उपेन्द्र्र यादवले नोट गरेको कुरा बैठकमा जानकारी गराइएको थियो । अन्य प्रस्तावमाथि कसैले आपत्ति नजनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकमा अध्यक्षको प्रस्तावमाथि ७० जनाले आ–आफ्नो धारणा राखेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप