शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२० करोड लगानीमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर

शुक्रबार, ०३ भदौ २०७९, २२ : ११
शुक्रबार, ०३ भदौ २०७९

बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए । 

पहिलो सपिङ सेन्टरमा सञ्चालनपछि बौद्ध, पेप्सीकोलासहितका अरु ४ स्थानमा पनि सेवा सञ्चालन गरिने सीईओ श्रेष्ठले बताए । उक्त सपिङ सेन्टरहरूले ग्राहकहरुलाई सेवा प्रदान गर्ने र पाँचवटै सपिङ सेन्टरमा १ सय ५० जनाले रोजजारी समेत पाउने छन् ।

खाद्य र ग्रोसरी (तरकारी, दूध जस्ता पदार्थ) पनि नेक्स्ट स्मार्ट सपिङ सेन्टरमा पाइने छ । यसैगरी इलेक्ट्रोनिक्स सामानहरु पनि पाइन्छ । सपिङ सेन्टरमा आफैं उपस्थित भएर वा अनलाइनबाट पनि अर्डर गर्न सकिने सीईओ श्रेष्ठले बताए । बाहिर अरु पसलहरूमा भन्दा ५ प्रतिशत कम मूल्यमा समान उपलब्ध गराइने उनले बताए । 

ग्राहकहरुमा विद्युतीय गाडीहरूको आकर्षण बढ्दै गएकाले उक्त सपिङ सेन्टरमा विद्युतीय गाडी चार्जिङ स्टेशन पनि जडान हुने सीईओ श्रेष्ठको भनाई छ । बुढानिलकण्ठमा निर्माणाधीन सपिङ सेन्टरमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था हुनेछ । निकट भविष्यमै काठमाडौं उपत्यकाबाहिर पनि शाखा बिस्तार गर्ने योजना गरेको सीईओ श्रेष्ठले बताए । 

लामो समय विदेशमा बसेर फर्किएका म सहितका ४ जना साथीहरुको लगानीमा अस्ट्रेलियाको कोल्स र जापानको ताकासिमाया सपिङ सेन्टरकै जस्तै ‘नेक्स्ट स्मार्ट सपिङ’ सञ्चालनमा ल्याउन लागेका हौं’– सीईओ श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप