बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

शनिबार, ०४ भदौ २०७९, ०६ : ३४
शनिबार, ०४ भदौ २०७९

पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप