शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाले राखेको निशस्त्रीकरण सहायताको प्रस्ताव उत्तर कोरियाद्वारा अस्वीकार

शनिबार, ०४ भदौ २०७९, ०९ : ०३
शनिबार, ०४ भदौ २०७९

उत्तर कोरियाली नेता किम जोङ उनकी  बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई “मूर्ख“ योजनाको संज्ञा दिएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् । 

जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेको राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले  जनाएको छ । 

‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौँ’, मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढीवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप