विधेयक संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको प्रदर्शन
शनिबार, ०४ भदौ २०७९, १४ : ०५
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको संगठन ‘ग्रुप अफ नेपाली विद्यार्थी भेटेरिनरी स्टुडेन्ट अफ बंगलादेश’ ले विधेयक संशोधनको माग राख्दै प्रदर्शन गरेको हो ।
शुक्रबार भएको प्रदर्शनमा सो संगठनमा आवद्ध विद्यार्थीहरुले कालोपट्टी बाँधेर कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवको पुत्ला समेत जलाएका थिए । विरोध प्रदर्शन गर्दै उनीहरुले तत्काल पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न सरकारसँग माग गरे ।
सो संगठनले शैक्षिक योग्यताको कदर गरिनुपर्ने, अन्तराष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने, पशु चिकित्सकको सम्मान गर्नुपर्ने लगायतका माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै